काठमाडौं : मलेसियासँगको अन्तराष्ट्रिय टि–ट्वान्टीको दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले ब्याटिङ गर्ने भएको छ । किनरारा ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ् गर्ने निर्णय गरेको हो । मलेसियाले नेपालविरुद्ध केहीबेरमा बलिङ थाल्नेछ । मलेसिया नेपालसँग पहिलो खेलमा ७ विकेटले पराजित भएको थियो । पहिलो खेलमा नेपालका कप्तान पारस खड्काले नटआउट अर्धशतकीय पारी खेल्दै ८६ रन बनाएका थिए ।
नेपाल मलेसियाभन्दा तुलानात्मक रुपमा बलियो टोली हो । त्यसैले आजको खेलमा पनि जित निकाल्दै नेपाललाई ऐतिहासिक सिरिज क्लिन स्विप गर्ने अवसर छ ।
प्रकाशित मिति: आइतबार, असार २९, २०७६