काठमाडौं : लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ । सयौंको संख्यामा घाइते भएका छन् । १३३ जनाको सकुशल उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
स्रोतः प्रहरी प्रधान कार्यालय
बाढी र पहिरो प्रभावितको उद्धार तथा राहत वितरणमा २७ हजार प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २७ हजार ८३० प्रहरी परिचालन गरिएको छ ।
बाढी र पहिरोले आफ्नै बाससकेत गुमाएका प्रहरीसमेत उद्धार र राहत वितरणमा खटिएको प्रहरीले जनाएको छ ।
बाढी तथा पहिरो गएका सम्पूर्ण क्षेत्रमा आवश्यक स्रोतसाधन परिचालित गरि उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण तराइका विभिन्न जिल्ला डुवानमा परेका छन् । सडककाे अवास्था जानकारी लिएर मात्रै बाहिर निष्किन प्रहरीले सबैसँग आग्रह गरेको छ ।
प्रकाशित मिति: शनिबार, असार २८, २०७६