चितवन : बस र टिपर ठोकिँदा चितवनमा १२ जना घाइते भएका छन्।
काठमाडौंबाट दाङतर्फ गइरहेको ना७ख ६५४४ न बस र मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको बा४ख ३०३४ न टिपर पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-३ चुम्लिङ्टारमा शनिबार दिउँसो ठोकिएर दुर्घटना भएको हो ।
घाइते सबैको कुरिनटारस्थित मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता एक नारायन कोइरालाले बताए। दुवै सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ। बाटो अवरोध नरहेको पनि प्रहरिले प्रस्ट पारेको छ।
प्रकाशित मिति: शनिबार, असार २८, २०७६