काठमाडौं : कञ्चनपुरमा गुडिरहेको स्कुल बसमाथि अचानक रुख खसेको छ। जिल्लाको शुक्लाफटा नगरपालिका झलारीमा रहेको अनिरुद्र माद्यामिक विद्यालयको गुडिरहेको बसमाथी रुख खसेको हो।
सिमलफाटा तर्फ विद्यार्थी छोड्न गईरहेका बेला अकस्मात रूख बसमाथि खसेको कञ्चनपुर प्रहरीले जनाएको छ। बसमा सवार विद्यार्थीहरु सकुशल रहेको तर २ जना भने सामान्य घाईते भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६