काठमाडौँ : भोजपुरमा अविरल वर्षाका कारण पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको हो ।
त्यस्तै, टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि पहिरोका कारण मृत्यु भएको छ ।
शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।