काठमाडौं : अदालत परिसरबाट फरार प्रतिवादी पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–७ मूलपानी बस्ने ३० वर्षीय राम बोल खड्कालाई बिहीबार साँझ कागेश्वरी मनोहरा नगरपालिका–६ ग्रिनसिटी सडक गल्लीमा लुकिछिपी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
बैकिङ कसुर मुद्दाका प्रतिवादी खड्कालाई मंगलबार पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट म्याद थपको लागि विशेष सरकारी वकिल कार्यालय काठमाडौंमार्फत् उच्च अदालत पाटन वाणिज्य इजलास ललितपुर लगेकोमा उनी अदालत परिसरबाट फरार भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६