निरन्तर वर्षापछि गएको पहिरोले रामेछापमा एक जनाको मृत्यु भएको छ।
रामेछाप रामपुर ५ मा गएको पहिरोले ७० वर्षकी पदमकुमारी सुनुवारको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसीले जानकारी दिइन्।
गोठमा दुध दोहिरहेकी केसीलाई पहिरोले पुरेपछि उनको घटनास्थलमै मृत्यु भएको हो। बिहीबारदेखि परेको वर्षाले रामेछापका विभिन्न ठाउँमा पहिरो गएको उनले बताइन्।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६