बजेट सक्न असारे खर्चमा विदेश जान लागेको विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदीसहितको नौ सदस्यीय टोलीले भ्रमण रद्द गरेको छ । सम्पूर्ण अधिकृत र पदाधिकारी विदेश भ्रमणमा जान लागेकोबारे नयाँ पत्रिकाले समाचार छापेको थियो ।
प्रधानमन्त्री कार्यालयले नै आयोगका पदाधिकारीसँग चासो राखेपछि भ्रमण रद्द भएको स्रोतले बतायो ।
कार्यालय नै खाली गरेर विदेश भ्रमण गर्न नहुने सुझाब आयोगकै केही उच्च अधिकारीले पनि दिएका थिए । टोलीमा अध्यक्ष सुवेदीसहित बोर्ड सदस्यहरू गोविन्द आचार्य, विकास अधिकारी, चन्द्रकला घिमिरे र पिके झा, आयोगका पदेन सदस्य त्रिभुवन विश्वविद्यालय उपकुलपति प्रा.डा. तीर्थ खनियाँ, कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकाल र आयोगका कर्मचारी देवेन्द्र रावल थिए । उनीहरूले एक्सपोजर भिजिटका नाममा भ्रमण गर्न लागेका थिए । यो समाचार भवानीश्वर गाैतमले लेखेका हुन् । आजको नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६