हेलिकप्टर उडाउने पाइलटको अभाव भएपछि सम्बन्धित वायुसेवा कम्पनीले नै पाइलट तालिम दिन थालेका छन् ।
वायुसेवा कम्पनीमा पाइलट अभाव हुन नदिन, आफ्नो कम्पनी चलाउन आफैँले तालिम दिन थालेको हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज शर्मा कँडेलले जानकारी दिए ।उनका अनुसार वायुसेवा कम्पनी बढेको बढ्यै छन्, भएका पाइलट अवकाश पाउने, विस्थापित हुने र दुर्घटनाका कारण घटेकाले हेलिकप्टर उडानमा समस्या हुन थालेको छ ।
इन्जिनियरिङ र अन्य प्रशासनिक कर्मचारी अभाव नभए पनि पाइलट भने दक्ष, तालिम प्राप्त हुनुपर्ने र उत्पादन गर्न पनि समय लाग्ने हुन्छ । यसका निम्ति ५ वर्षसम्म सेवा गर्ने सर्तमा तालिममा पठाउन थालेको शर्माले बताए ।
एभरेस्ट हेलीका प्रमुख कार्यकारी अधिकृत रहेको कँडेलले हेलिकप्टरका निम्ति २ जनालाई तालिममा पठाएको र अर्को एक जना पठाउने तयारी गरिरहेको बताए । उनका अनुसार हाल ५ जना पाइलटको निम्ति तालिम तय भएको छ । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६