काठमाडौं : नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्ट घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरमा नयाँ मिटर जडान गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग ५ हजार घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो।
लगनखेल स्थित यु एण्ड वि फाष्ट फुडबाट पक्राउ गरेका विष्टमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६