काठमाडौं : धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ डुडेठाटी मलेखुबाट २२० किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ बेनिघाट रोराङ गाउँपालिका १ का ४१ वर्षीय डिलबहादुर तामाङ छन्। इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले उनलाई बिहीबार बिहान राति साढे २ बजे मलेखुबाट समातेको हो।
लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुग्दा उनी ८ बोरा गाँजासहित फेला परेका थिए। उनीमाथि आवश्यक अनुसन्धान तथा कारबाही थालिएको गजुरी प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६