काठमाडौं : नायिका शिल्पा पोखरेल र चलचित्र निर्माता उनका पति छविराज ओझालाई प्रहरीेले छलफलका लागि बोलाएको छ । शिल्पाले छविविरुद्ध उजुरी दिएपछि प्रहरी मध्यस्थताका लागि जुटेको हो । शिल्पाले आफूमाथि घरेलु हिंसा भएको भन्दै हिजो प्रहरीमा उजुरी दिएकी थिइन् ।
“घरेलु हिंसाको उजुरी परेपछि आज दुवै पक्षलाई हामीले बोलाएका छौं,” महानगरीय प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीले भने, “आजको छलफलपछि थप अनुसन्धानको प्रक्रिया अगाडि जाने छ ।”
नायिका रेखा थापासँग सम्बन्ध विच्छेद भएपछि छवि र शिल्पाले विवाह गरेका थिए । म्युजिक भिडियोमा अभिनय गर्दै आएकी शिल्पालाई छविले नै फिल्ममा डेब्यु गराएका हुन् ।
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६