–नवीन रायमाझी/अमेरिका
युएस नेपाल पोलिसी रिसर्च सेन्टरले अमेरिकाको अध्यागमन नीतिमा भएका पछिल्ला फेरबदल र त्यसले नेपाली समुदायमा पारेको प्रभावको बारेमा अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियामा प्रभाव र सम्भावनाको सम्बन्धमा विज्ञहरुसँग सवाल जवाफ भएको थियो । छलफलमा अमेरिकाको अध्यागमन कानुनका सम्बन्धमा कानुनविद्द्वय खगेन्द्र जिसीजी सी र बिनोद रोकाले प्रकाश पारेका थिए । उनीहरुले विभिन्न प्रश्नको जवाफ पनि दिए । यसैगरी समाज शास्त्रका प्रोफेसर डा राजन पन्तले राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछिको र विगतको अध्यागमन सम्बन्धी अमेरिकी प्रवृतिका सम्बन्धमा जानकारी दिए । छलफलमा युएस नेपाल पोलिसी रिसर्च सेन्टरका अध्यक्ष डा आमोद पोख्रेलले संस्था र कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । संस्थाका कार्यकारी अधिकृत एवं सदस्य सचिव डा अर्जुन बन्जाडेले स्वागत मन्तव्य राखेका थिए । छलफलको बाल्टिमोर नेपालिजले फेसबुक मार्फत प्रत्यक्ष्य प्रशारण गरेको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०७४