भारत सरकारको सहयोगमा निर्माण सुरु भएको हुलाकी राजमार्ग दशक पुग्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन । तीन वर्षभित्र सम्पन्न गर्ने गरी सन् २०१० बाट सुरु भएको यो राजमार्गअन्तर्गत कैलालीमा करिब २७ किलोमिटर सडक कालोपत्रे हुन बाँकी छ ।
कैलालीभत्र पर्ने करिब ९८ किलोमिटर सडकमध्ये ७० किलोमिटर भारत सरकारको सहयोगमा कालोपत्रे भइसकेको छ । बाँकी खण्ड नेपाल सरकार आफैँले निर्माण गरिरहेको छ । तर, काममा ढिलाइ हुँदा कहिले सम्पन्न हुने भन्ने अनिश्चित छ । यो समाचार धनगढीबाट तेजबहादुर भट्टले लेखेका हुन् ।
राजमार्गको निर्माण सकिएकै छैन । कतिपय ठाउँमा ट्र्याक खोल्ने कामसमेत पूरा भएको छैन । तर, कालोपत्रे गरिएको सडक भने जीर्ण बनिसकेको छ । भारतले बनाएको कालोपत्रे सडक भत्केर दर्जनौँ ठाउँमा खाल्डाखुल्डी बनिसकेका छन् । मर्मत गर्नुपर्ने गरी कालोपत्रे सडक जीर्ण बनेको हुलाकी सडक आयोजना कार्यालय धनगढीका इन्जिनियर पदम मडैले बताए । आजको नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६