फाइनल प्रवेशका लागि मध्यम लक्ष्य पछ्याएको भारतले खराब सुरुवात गरेपछि न्युजिल्यान्ड विजयी भएको छ ।
न्युजिल्यान्डले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा भारतलाई २ सय ४० रनको मध्यम लक्ष्य दिएको थियाे। तर भारतले ४९.३ ओभरमा २२१ रन मात्र बनाउन सकेपछि न्युजिल्याण्ड विजयी भएकाे हाे ।
मंगलबार म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले वर्षाले खेल रोकिनु अघि ४६.१ ओभरमा ५ विकेट गुमाउँदा २ सय ११ रन बनाएको थियो । आज त्यहिस्थितीबाट सुरु गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३९ रन बनायो ।
प्रकाशित मिति: बुधबार, असार २५, २०७६