वीरगञ्ज-सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा अबैध लागुऔषध चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरीले भारत बेतिया थाना मझौलिया ६ बस्ने ४४ वर्षीय मोहम्द हसमुल्ला अन्सारीलाइ चरेश सहित पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल गुल्म नम्बर १४ गुल्मले बिरगञ्ज महानगरपालिका वडा नम्बर १६ शँकराचार्य गेटबाट चेकजाँच गर्नेक्रममा अन्सारीलाई चरेशसहित पक्राउ गरेको हो।
पक्राउ परेका उनको साथबाट लागुऔषध चरेश चार किलो बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
चरेशसहित पक्राउ परेका अन्सारीलाई आवशयक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरिक्षक तिलक खडकाले जानकारी दिए।
प्रकाशित मिति: बुधबार, असार २५, २०७६