कैलालीमा मंगलबार साँझ नुहाउने क्रममा डुवेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका ६ पगियापसारका ५ वर्षीय हनी बुढा र सोही स्थानका ६ वर्षीय शुसान्त बुढाको नुहाउने क्रममा जमेको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए ।
मृतक दुबै बालकको शव भजनी अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लागाएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, असार २५, २०७६