लगातार वर्षा भएपछि एकदिवसीय विश्वकप २०१९ अन्तर्गत भारत र न्युजिल्यान्डबीचको पहिलो सेमिफाइनल खेल स्थगित भएको छ ।
म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले वर्षाले खेल रोकिनु अघि ४६.१ ओभरमा ५ विकेट गुमाउँदा २ सय ११ रन बनाएको थियो । त्यसपछि लगातार वर्षा भएपछि मैदान खेल्न लायक नहुँदा खेल स्थगित भएको हो । अब भोली (बुधबार) स्थानीय समयअनुसार विहान १०:३० बजे यसै स्थितिबाट खेल सुरु हुनेछ ।
न्युजिल्यान्डका लागि अनुभवी ब्याट्सम्यान रोस टेलर ८५ बलमा ३ चौका र १ छक्का सहित ६७ रनमा अविजित छन् । त्यस्तै टम लेथम ३ रनमा नट आउट छन् ।
बुधबार पनि खेल हुन नसकेको खण्डमा भने भारतले फाइनलमा स्थान सुरक्षित गर्नेछ । भारत लिगको शीर्षस्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको हो ।
प्रकाशित मिति: बुधबार, असार २५, २०७६