काठमाडौं : बाराको पचरौता नगरपालिकामा घुससहित ३ कर्मचारी पक्राउ परेका छन् ।
इन्जिनियर रामप्रकाश सतरा, नायव सुब्बा बद्रीबहादुर थापा र कार्यालय सहयोगी ध्रुव महतो पक्राउ परेका हुन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयको टोलीले कार्यालय परिसरबाटै पक्राउ परेका हुन् ।
इन्जिनियर सतरा र कार्यालय सहयोगी महतोले पचरौता नगरपालिकास्थित विद्यालयको कम्पाउण्ड वाल निर्माण सम्पन्न भएपछि नियमानुसार भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा नगरी सेवाग्राहीसँग १५ हजार घुस लिएका अख्तियारले जनाएको छ ।
नायव सुब्बा थापाले महिला सशक्तीकरणसम्बन्धी अनुशिक्षण तालिम कार्यक्रमको भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा नगरी १४ हजार रुपैयाँ घस लिएका अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०७६