महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीन जना थुनुवा फरार भएका छन् । उनीहरु गएराति ग्रिल उप्काएर भागेका हुन् ।
फरार भएकाहरुमध्ये दुई जना डाँका मुद्दाका र एक जना लागुऔषधका छन् । चोरी मुद्दामा पक्राउ परेका थुनुवा भागेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख (एसएसपी) रवीन्द्र धानुकले जानकारी दिए ।
उनीहरुको खोजी भइरहेको एसएसपी धानुकले जानकारी दिए । उनीहरु कसरी भाग्न सफल भए भन्ने बारेमा पनि छानबिन सुरु गरिएकाे छ । उनीहरुको नाम खुलाइएको छैन ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०७६