काठमाण्डाै : राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा नियुक्त भएका रमेशकुमार सिलवालले पद तथा गोपनियताको सपथ लिएका छन् ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वर्माले सिलवाललाई साेमबारदेखि लागु हुने गरी सदस्य सचिवमा नियुक्त गरेका हुन् । मन्त्रालयमा आयोजित कार्यक्रममा सिलवालले पद तथा गोपनियताको सपथ लिएका हुन् । उनलाई मन्त्री विश्वकर्माले सपथ ग्रहण गराएका हुन् ।
गएकाे असार ९ गते तत्कालीन सदस्यसचिव केशवकुमार विष्टको चार वर्षे कार्यकाल सकिएपछि राखेप सदस्य सचिवविहीन बनेको थियो । सिलवालले साेमबार नै त्रिपुरेश्वरमा पदवहाली पनि गर्ने कार्यक्रम रहेकाे छ ।
प्रकाशित मिति: सोमबार, असार २३, २०७६