काठमाडौं : चन्द्रागिरी नगरपालिका–३ थानकोट सुनौलोबस्ती डेरा गरी बस्ने धादिङ धुनीबेसी नगरपालिका–९ घर भएका २४ वर्षीया उर्मिला तामाङ आफ्नै कोठामा आइतबार बिहान मृत अवस्थामा फेला परेकी छिन् ।
रामेछाप, लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँ बरडाँडा बस्ने ६५ वर्षीया सुन्तली सार्की सोही ठाउँस्थित भिरबाट खसेर मृत्यु भएको अवस्थामा आइतबार बिहान फेला परेकी छन् ।
झापा, दमक नगरपालिका–२ हुम्सेदुम्से सामुदायिक वनको जंगलमा इलाम चुलाचुली गाउँपालिका–५ बस्ने ५० वर्षीय अर्जुन राई आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।