दाङमा करेण्ट लागेर एकजनाको मृत्यु भएको छ। आइतबार बिहान ११ बजेतिर लमही नगरपालिका ७ मा फसेको टिपर निकाल्ने क्रममा करेण्ट लागेर प्यूठान नगरपालिका ९ मरेङ निवासी २७ वर्षीय खेतुलाल घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
सम्राट सिमेण्ट उद्योग नजिक रा १ क १६६० नम्बरको टिपर फसेपछि बा २ क ५६३९ नम्बरको जेसिबिले उक्त टिपर निकाल्ने क्रममा विद्युतको तार छुन पुग्दा गम्भीर घाइते भएका जेसिबीका सहचालक घर्तीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी विनोद विक्रम शाहले बताए।
प्रकाशित मिति: आइतबार, असार २२, २०७६