काठमाडौं : मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–९ चिमाथ गाउँको पाटन लेखमा परेको चट्याङ लागेर ८५ वटा भेडाबाख्रा मरेका छन् ।
पाटन क्षेत्रमा भेडाबाख्रा चराउन लगेका बेला बिहीबार चट्याङ गरेको हो हावाहुरीसहित परेको चट्याङका कारण किसानले ठूलो क्षति बेहोर्नु परेको छ चट्याङ लागेर चिमाथ गाउँका कृष्णबहादुर बुढाका १५, हरिलाल बडुवालका १२, जय सावतका १०, बिर्खबहादुर बडुवालका ४, कालीबहादुर नेपालीका ४ सहित १० जना किसानका गरी कुल ८५ वडा भेडाबाख्रा मरेको स्थानीय अक्कलबहादुर बुढाले जानकारी दिए ।
ठूलो संख्यामा भेडाबाख्रा मरेकाले करिब १० लाख रूपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको आनन्द आधारभूत बिद्यालय चिमाथका प्रधानाध्यापक बिर्खबहादुर बडुवालले बताए । चट्याङबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, असार २२, २०७६