काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले साउन २६ र २७ का लागि तोकेको एसईई पूरक परीक्षाको तालिका संशोधन गरेको छ । परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।
दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी पूरक (ग्रेड वृद्धि) परीक्षामा सहभागी हुन पाउने जनाइएको छ । संसोधित परीक्षा तालिका हेर्नुहोस् :

प्रकाशित मिति: आइतबार, असार २२, २०७६