काठमाडौं: विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । अष्ट्रेलिया, भारत, इंग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका हुन् ।
सेमिफाइनलमा शीर्ष स्थानमा रहेको टोलीले चौथो स्थानको टिमसँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै दोस्रो र तेस्रो स्थानमा रहेका टोलीबीच दोस्रो सेमिफाइनल हुने छ । आज भारत र श्रीलंकाबीचको खेल तथा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा भर पर्नेछ । यदि अस्ट्रेलिया दक्षिण अफ्रिकासँग हारेको अवस्थामा भारतले श्रीलंकालाई हराएमा भारत शीर्ष स्थानमा रहनेछ । अस्ट्रेलियाले दक्षिण अफ्रिकामाथि जित हासिल गरेमा अस्ट्रेलिया शीर्ष स्थानमा रहनेछ ।
आईसीसीका अनुसार विश्व वरियताको एक नम्बरमा इंग्ल्यान्ड रहेको छ भने दोस्रो स्थानमा भारत रहदा अस्ट्रेलिया तेस्रो स्थानमा रहेको छ र चौथो स्थानमा रहेको न्युजल्यिाण्ड गरी वरियता एकदेखि चारसम्मका देशले नै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । सेमिफाइनल प्रवेश गरेका सबै टोलीले विश्वकप जित्ने सपना सहित विश्वकप खेल्न गएका हुन् । अस्ट्रेलिया साविक विजेता हुन् भने न्युजिल्याण्ड उपविजेता हो ।
यता भारत र अष्ट्रेलियाबीच १ सय ३६ वान डे खेल हुँदा भारत ४९ खेल जित्दा ७७ खेलमा पराजित भएको छ । १० खेलको नतिजा विहीन छ । विश्वकपको सर्वाधिक सफल टिम अष्ट्रेलियाले हालसम्म ५ पटक उपाधि जित्दा २ पटक फाईनलमा पराजित भएको छ । २ पटकको च्याम्पियन भारत १ पटक फाईनलमा पराजित भएको छ ।
अष्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारतले सन् १९८३ र सन् २०११ मा गरि दुई पटक विश्वकप जितेको छ । सन् १९७५ देखी सुरु भएको वान डे विश्वकपमा हालसम्म इंग्ल्यान्डले उपाधि जित्न सकेको छैन । इंग्ल्यान्ड ३ पटक विश्वपको फाईनलमा पराजित भएको छ । न्युजिल्याण्ड सन् २०१५ काे विश्वकपमा फाइनल पुगेकाे टिम हाे । फाइनलमा अस्ट्रेलियासँग ७ विके६ले पराजित भएकाे थियो ।
अहिलेसम्मको नतिजा हेर्दा विश्वकपमा न्युजिल्यान्ड र इंग्ल्यान्डबीच ९ खेल भएको छ । जसमा न्युजिल्यान्ड ६ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ । त्यस्तै यी दुईदेशबीच कुल ८९ वान डे खेल भएको छ । जसमा न्युजिल्यान्ड ४३ खेलमा विजयी हुँदा ४० खेलमा पराजित भएको छ । २ खेल बराबरीमा सकिदा ४ खेलको नतिजा बिहीन छ ।
अस्ट्रेलिया र न्युजिल्याण्डबीच ११ खेल भएको छ । जसमा न्युजिल्यान्ड ३ खेलमा विजयी हुँदा ८ खेलमा पराजित हुन पुगेको छ । यी दुई देशबीच कुल १ सय ३६ वान डे खेल भएको छ । जसमा अष्टेलियाले ९० खेलमा जित निकाल्दा ३९ खेलमा मात्रै पराजित हुन पुगेको छ । ७ खेलको नतिजा विहिन छ ।
भारत र इंग्ल्यान्डबीच कुल ९९ एक दिवसिय खेल भएको छ । जसमा भारत ५३ खेलमा विजयी हुँदा ४१ खेलमा पराजित हुन पुगेको छ । ३ खेलको नतिजा विहीन छ । विश्वकपमा भने यी दुईदेशबीच ८ खेल भएको छ । जसमा समान ४ खेलमा इंग्ल्यान्ड र ३ भारत विजयी भएका छन् भने एक खेल बराबरीमा सकिएको छ । विश्वकपमा भारत र न्युजिल्यान्डबीच ८ पटक प्रतिस्पर्धा भएको छ । जसमा न्युजिल्यान्ड ४ पटक विजयी हुँदा ३ खेलमा पराजित भएको छ ।
यस पटकको खेल हेर्दा सबैभन्दा सन्तुलित अस्ट्रेलिया देखिएको छ । इंग्ल्यान्डसँग घरेलु समर्थक छ भने भारत र न्युजिल्याण्डको पनि सम्भावना उतिकै छ ।
प्रकाशित मिति: शनिबार, असार २१, २०७६