काठमाडौं: हिमाल आरोही माया शेर्पाले युरोपको सर्वाधिक अग्लो हिमाल एल ब्रुसको सफल आरोहण गरेकी छिन ।
आठ हजार मिटर माथिका अग्ला हिमाल आरोहण गर्ने प्रथम नेपाली महिला आरोही माया शेर्पाले आज विहान एल ब्रुस हिमालको सफल आरोहण गरेकी हुन । रसियाको पश्चिमी ककेसस पर्वत श्रृंखलामा रहेको ५ हजार ६ सय ४२ मिटर अग्लो एल ब्रुस हिमाल रसिया र जर्जियाली सीमा नजिकै पर्दछ ।
आरोही शेर्पाले विश्वका अग्ला चौध वटा हिमाल आरोहण गर्ने अभियानका क्रममा नेपालको प्रतिनिधित्व गर्दै रसियामा रहेको एल ब्रुस हिमाल आरोहण गरेकी हुन् ।
आरोही माया शेर्पाले सन २००७ यता ३ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा एक पटक कञ्चनजंघा हमाल र सन् २०१४ मा पाकिस्तानमा रहेको दोस्रो अग्लो शिखर केटुको सफल आरोहण गरिसकेकी छन । आराेही शेर्पाले नेपालको राष्ट्रिय झण्डा र योहो टेलिभिजनको झण्डा एल ब्रुसको चुचुरोमा फहराएकी थिइन ।
प्रकाशित मिति: शनिबार, असार २१, २०७६