काठमाडौं: नेपाल र छिमेकी चीनका इन्जिनियरबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । इन्जिनियरिङ पराशर्मबाट देशको तिव्र विकास हुन तथा चीनको विकास निर्माणबाट हामीले सिक्न सम्झौता पत्रमा हस्ताक्षर भएको सोसाईटी अफ कल्सल्टी आर्कीटेक्चरल एण्ड इन्जिनियरिङर्फम्स् नेपालका महासचिव ईन्जिनियर कृष्ण प्रसाद सापकोटाले बताए ।
चाईना नेश्नल एसोसियसन अफ इन्जिनियरिङकन्ज्सल्टेन्टका उपाध्यक्ष चेन जाईजिङ र सोसाईटी अफ कल्सल्टी आर्कीटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स् नेपालका अध्यक्ष राजेश थापाले समज्दारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
दुई वटा संस्थाबीच समजदारी पत्रमा उल्लेख भएअनुसार चीनले इन्जिनियरिङ परामर्श क्षेत्रमा प्राप्त गरेका ज्ञान र सीप नेपालको परामर्श क्षेत्रलाई आवश्कयता अनुसार सहयोग गर्नेछन् । साथै दुवै देशको संस्था बीच २/२ जना रहेको प्राविधिक कमीटी बनाउने र प्राविधिक ज्ञान हस्तान्तरणको लागि कार्यक्रम तयारी गर्ने उल्लेख छ ।
चिनिया कम्पनीका इन्जिनियरहरूनेपालको प्राविधिक कम्पनीका आएर समय समयमा काम गरेर ज्ञान दिने तथा नेपालको कम्पनीमा काम गरेका इन्जिनियरहरूपनि नीचको इन्जिनियरिङपरामर्श कम्पनीमा काम गर्न जान पाउने छन् ।
प्राविधिक भ्रमणहरूगरे चीनको विकासहरूअवलोकण गरेर सिक्ने वातावरण निर्माण गर्ने । अनुभव आदान प्रदान तथा विकास निर्माणलाई कसरी तिव्र विस्तार गर्न सकिन्छ भनेर आदान प्रदान समेत भएको छ । कार्यक्रमा नेपाली इन्जिनियरहरुका साथै चीनका ५१ जना इन्जिनियरहरूको सहभागिता रहेको थियो ।
‘वान बेल्ट वान रोड’ अन्तरगत नेपाललाई विकास निर्माणमा सहयोग गर्ने तथा उत्पादन आदान प्रदान सहयोग गर्ने भनेर दुई देशबीभ भएको समजदारीमा चिनिया इन्जिनियरहरू पूृर्ण रुपमा तयार रहेको चाईना नेश्नल एसोसियसन अफ इन्जिनियरिङकन्ज्सल्टेन्टका उपाध्यक्ष चेन जाईजिङले बताए ।
कार्यक्रमका अध्यक्ष तथा सोसाईटी अफ कल्सल्टी आर्कीटेक्चरल एण्ड इन्जिनियरिङ र्फम्स् नेपालका अध्यक्ष थापाका अनुसार नेपालको विकास चीनको भन्दा धेरै पछाडि रहेकोले यो सम्झौताले नेपाली इन्जिनियरहरुले धेरै कुरामा परामर्श पाइने तथा सहयोग पाइने बताए । साथै पाँच वर्षमा पुरा हुने विकास निर्माणका काम दुई वर्षमा गरेर नेपाललाई समृद्धिको दिशामा लैजान सहयोग पु¥याउने सोसाईटी अफ कल्सल्टी आर्कीटेक्चरल एण्ड इन्जिनियरिङर्फम्स् नेपालले अपेक्ष गरेका छ ।
प्रकाशित मिति: शनिबार, असार २१, २०७६