रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा मदिरा बिक्री गरेको अभियोगमा एक जना होटल व्यवसायी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुर्खेत गुरुवाकोट घर भई हाल आठबिसकोट नगरपालिका ९ मा होटल व्यवसाय गर्दै आएका ५६ वर्षीय रुद्रओली रहेका छन्। राति अबेरसम्म होटल खोलेर मदिरा बिक्री वितरण गरिरहेको पाइएपछि पक्राउ गरी सार्वजनिक अपराध मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए।
उनका अनुसार आठबिसकोटमै एक होटल व्यवसायी महिलाले समेत होटलमा मदिरा राखेको फेला परेपछि केही समय नियन्त्रणमा लिई आगामी दिनमा मदिरा बिक्री नगर्ने सर्तमा परिवारको जिम्मासमेत लगाइएको छ। मदिरा मुक्त घोषणा भइसकेको नगरपालिकाभित्र होटेलमा मदिरा बिक्री गरेको भनी उनीहरूलाई पक्राउ गरिएको हो।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६