एसीसी यू १९ इस्टर्न रिजन क्रिकेटमा समूह विजेता बन्न नेपालले सिंगापुरलाई जितका लागि ३२७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले चार विकेटको क्षतिमा ३२६ रन बनाएको हो ।
नेपालका लागि ओपनर रित गौतमले शतक प्रहार गरे । खडक बोहोराले ९० र कुशल मल्लले अविजित रहँदै ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दा पवन सर्राफले ४५ रन बनाए ।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६