चिकित्सा शिक्षालाई व्यवस्थित बनाउन भन्दै गठित शक्तिशाली चिकित्सा शिक्षा आयोगको कार्यकारी प्रमुखमा आवेदन खोलिएको ११ दिनसम्म एकजनाको पनि उम्मेदवारी परेको छैन । आयोगको कार्यकारी प्रमुख रहने उपाध्यक्ष पदका लागि शिक्षा मन्त्रालयअन्तर्गतको नाम सिफारिस समितिले १५ दिनको समय राखेर ९ असारमा आवेदन माग गरेको थियो ।
स्रोतका अनुसार आयोगमा तोकिएको उमेर हदबन्दी, उपाध्यक्ष भइसकेपछि पुनारो काममा फर्किन नपाइने र विस्तृत कार्ययोजना प्रस्तुत गर्नुपर्नेजस्ता व्यवस्थाका कारण उपाध्यक्ष पदमा आकर्षण नदेखिएको हो । सिफारिस समितिले ऐनमा भएको व्यवस्थाअनुसार ६१ वर्ष उमेर ननाघेको र चिकित्सा शिक्षा आयोगसँग कुनै स्वार्थ टकराव नभएको व्यक्ति हुनुपर्ने योग्यता तोकेको छ ।
‘उमेर हदको मापदण्ड अनुपयुक्त भएकाले अहिलेसम्म दरखास्त शून्य भएको हो,’ शिक्षा मन्त्रालयका एक कर्मचारीले भने, ‘कार्यकारी प्रमुखमा नियुक्त भएपछि त्यसअघि बहाल रहेको पदबाट स्वतः पदमुक्त हुने भएकाले पनि कतिपयले खाइपाई आएको सुविधा गुमाउन नचाहेका हुन् ।’
कार्यकारी प्रमुख हुन मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा २० वर्षको अनुभव भएको वा चिकित्सा क्षेत्रमा कम्तीमा १० वर्षको अनुभवसहित स्वास्थ्य सेवाका क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव भएको हुनुपर्छ ।
स्रोतका अनुसार आयोगमा तोकिएको उमेर हदबन्दी, उपाध्यक्ष भइसकेपछि पुनारो काममा फर्किन नपाइने र विस्तृत कार्ययोजना प्रस्तुत गर्नुपर्नेजस्ता व्यवस्थाका कारण उपाध्यक्ष पदमा आकर्षण नदेखिएको हो । सिफारिस समितिले ऐनमा भएको व्यवस्थाअनुसार ६१ वर्ष उमेर ननाघेको र चिकित्सा शिक्षा आयोगसँग कुनै स्वार्थ टकराव नभएको व्यक्ति हुनुपर्ने योग्यता तोकेको छ ।
‘उमेर हदको मापदण्ड अनुपयुक्त भएकाले अहिलेसम्म दरखास्त शून्य भएको हो,’ शिक्षा मन्त्रालयका एक कर्मचारीले भने, ‘कार्यकारी प्रमुखमा नियुक्त भएपछि त्यसअघि बहाल रहेको पदबाट स्वतः पदमुक्त हुने भएकाले पनि कतिपयले खाइपाई आएको सुविधा गुमाउन नचाहेका हुन् ।’
कार्यकारी प्रमुख हुन मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा २० वर्षको अनुभव भएको वा चिकित्सा क्षेत्रमा कम्तीमा १० वर्षको अनुभवसहित स्वास्थ्य सेवाका क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव भएको हुनुपर्छ । आजको नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६