काठमाडौं : नदीमा डुबेर सर्लाहीमा दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको दक्षिण पश्चिम क्षेत्रमा पर्ने बलरा नगरपालिका वडा नम्बर ९ बस्ने ईनुस महमद अन्सारीको अन्दाजी २ वर्षीया छोरी करिमा खातुन रहेकी छिन ।
बच्चाहरुसँग घर देखि ५०० मिटर को दुरिमा रहेको मनुसमारा नदिको किनारामा खेल्ले क्रममा अचानक नदीमा डुबी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रतित सिंह राठोरले बताए ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६