काठमाडौं : काठमाडौं महानगरपालिका–७ चावहिलबाट नक्कली सवारी चालक अनुमतिपत्र बनाउने विभिन्न सामानसहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा काठमाडौं तिलगंगा बस्ने ३८ वर्षीय राधेश्याम नगरकोटी, काठमाडौं चावहिल बस्ने सिन्धुपाल्चोक सानो सिरुवारी घर भएका ३८ वर्षीय राजेश कुमार श्रेष्ठ र काठमाडौं कलंकी बस्ने रामेछाप, रामेछाप नगरपालिका–५ घर भएका ४० वर्षीय मुनाल कुमार मोक्तान रहेका छन्।
नक्कली सवारी चालक अनुमतिपत्र बनाउने गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र, कम्प्युटर प्रिन्टर १ थान र चालक अनुमतिपत्र बनाउन प्रयोग हुने पेपर र यातायात व्यवस्था विभागको नगदी रसिद सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६