काठमाडौं: लिबियाको राजधानीनजिकै एक आप्रवासी थुनुवा केन्द्रमा लक्षित गरी गराइएको बम विस्फोटमा परि एक जना नेपालीको मृत्यु भएकाे छ ।
मंगलबार राति भएको बम विस्फोटमा परि २७ वर्षीय नेपाली युवक सन्तोष श्रेष्ठको ज्यान गएको इजिप्टको कायरोमा रहेको नेपाली राजदूतावासले जनाएको छ ।
४० जनाभन्दा बढीको ज्यान जाने गरी भएको आक्रमणमा घाइते भएका श्रेष्ठको उपचारको क्रममा अस्पतालमा ज्यान गएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन लिबियाले त्रिपोलीस्थित नेपाली राजदूतावासलाई गराएकाे हाे ।
मृतक श्रेष्ठ सन् २०१८ को जनवरी १६ मा लिबिया प्रवेश गरेको थाहा हुन आएको राजदूतावासले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६