राहुल गान्धीले बुधबार कांग्रेस अध्यक्षको पदबाट राजीनामा दिएका छन् । राहुलले राजीनामाको घोषणा गर्दै लोकसभा चुनावको हारको जिम्मा पनि आफैले नै लिएका छन् ।
कांग्रेस पार्टीलाई फेरि उठाउनका लागि कडा फैसलाको जरुरी पर्ने बताउँदै राहुलले नयाँ नेतृत्वले पार्टीको साहस र इमानदारीलाई अझ बढाउने विश्वास व्यक्त गरेका छन् ।
राजीनामा दिएलगत्तै राहुलले नयाँ अध्यक्ष छान्ने जिम्मा एउटा समूहलाई दिइनुपर्ने बताएका छन् । त्यही समूहले नयाँ अध्यक्षको चयन गर्ने उनले भने, यस विषयमा मैले पूर्ण सहयोग गर्नेछु । यसरी कांग्रेसको नेतृत्व सहजै परिर्वतन हुनेछ ।
उनले आफू कांग्रेस पार्टीको एक इमानदार सिपाही तथा भारतको समर्पित छोरा भएकाेले आफ्नो अन्तिम सास रहेसम्म यसको सेवा र रक्षा गर्ने बताएका छन् ।
प्रकाशित मिति: बुधबार, असार १८, २०७६