काठमाडौं : डोटीमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ। शिखर नगरपालिका- २ मुडेगाउँ कालागाडमा ४२ वर्षीया जमुनादेवी कार्कीको सर्पले टोकेर मृत्यु भएको उनका श्रीमान् रामकार्कीले जानकारी दिएका छन्।
बुधबार बिहान १० बजेतिर घर नजिकैको खेतमा काम गर्न जाने क्रममा सर्पले टोकेपछि उनलाई उपचारका लागि सुजङ्घ अस्पताल राजपुर डोटीमा लगिएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि सुदुरपश्चिम पृतना अस्पताल राजपुर डोटीको सर्पदंश केन्द्रमा उपचारका क्रममा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए।
प्रकाशित मिति: बुधबार, असार १८, २०७६