प्रहरीले जुवा खेलिरहेको अवस्थामा इटहरी उपमहानगरपालिका-१५ का वडा अध्यक्ष अध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई पक्राउ गरेको छ।
वडा अध्यक्ष चौधरीसहित अन्य पाँचजनालाई सुनसरीको दुहवीबाट पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयाँलले जानकारी दिए। जुवाको खालबाट नगद २ लाख रकमसमेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा वडाध्यक्ष चौधरीसहित मोरङको ग्रामथान गाउँपालिका ६ का ४० वर्षीय रुपेशकुमार तामाङ, ग्रामथान ५ का ४० वर्षीय लालबहादुर चौधरी, गढी गाउँपालिका ३ का ४२ बर्षीय रमेश चौधरी र ३९ बर्षीय जोगेन्द्र उराव रहेका छन्।
पाँचैजना दुहवी १२ मा रहेको गंगा चौधरीको घरमा जुवा खेलिरहेका थिए। उनीहरूलाई गोप्य सूचनाको आधारमा छापा मारी पक्राउ गरेको फुयाँलले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, असार १८, २०७६