सिरहाको लहान नगरपालिका–२४ मा ९ महिने शिशु बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा छिमेकी १४ वर्षे बालक लाई प्रहरीले पक्राउ परेका छन्
प्रहरीका अनुसार बालिकालाई घरमा एक्लै छाडेर खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पुर्याउन जाँदा बालकले बलात्कार गरेकाे प्रहरीले जनाएको छ । खाजा पुर्याएर घर फर्किंदा ती बालकलाई शिशुकी आमाले घरमै भेटेपछि उजुरी दिएकी हुन् ।
स्थानीयले सूचना दिएको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । बालिकाको यौनीबाट रक्तश्राव भएपछि प्रहरीले उनलाई स्वास्थ्य परिक्षणका लागि अस्पताल पठाएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, असार १८, २०७६