हुम्ला : खार्पुनाथ गाउँपालिका-५ ताक्लामा रहेको बागेश्वरी आधारभूत विद्यालयमा दुईवटा सकेट बम भेटिएका छन्। बुधबार बिहान बागेश्वरी विद्यालयको खेल मैदान निर्माण गर्ने क्रममा ढुंगाको आडमा राखिएको अवस्थामा सकेट बम भेटिएको प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार अहिले उक्त बम निस्क्रिय पार्न सिमकोटबाट नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ पठाइएको छ ।
प्रकाशित मिति: बुधबार, असार १८, २०७६