काठमाडौं : राजधानीको नयाँ बसपार्कस्थित शुभकलस गेस्टहाउसमा एक युवा मृत फेला परेका छन्। मंगलबार राति गेस्टहाउसमा केटी साथीसँग बसेका काभ्रे मनमदेउपुर नगरपालिका-३ का २६ वर्षीय प्रमोद गुरूङ मृत फेला परेको प्रहरीले जनाएको छ।
बुधबार बिहान युवतीले गेस्ट हाउस सञ्चालकलाई गुरूङको मृत्यु भएको बताएकी थिइन्। प्रहरीले ती युवतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले बताए।
‘कोठामा गाँजा, ट्याबलेट तथा बियरका बोत्तलहरु फेला परेका छन्,’ उनले भने। मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।
प्रकाशित मिति: बुधबार, असार १८, २०७६