काठमाडौं : भोजपुर सदरमुकामस्थित देउराली बजारको चोकमा शंकास्पद वस्तु भेटिएको छ । रातो झोलामा राखिएको वस्तु बम भएको आशंकामा स्थानीयबासीले प्रहरीलाई खबर गरेका छन्। देउराली चोकबाट बोखिमतर्फ जाने बाटोको सिँढीमा झोलामा शंकास्पद बस्तु फेला परेको हो ।
उक्ता झोलामा भएको वस्तु बम भएको आशंकामा नेपाली सेनाले डिस्पोजको त्यहाँ पुगेको छ। नेपाल प्रहरीको टोलीले त्यो स्थानलाई सुरक्षा दिएर राखेको छ । बम रहेको आशंकामा स्थानीय त्रसित बनेका छन् ।
प्रकाशित मिति: बुधबार, असार १८, २०७६