भारत महाराष्ट्रको रत्नागिरी जिल्लामा एउटा बाँध भत्किँदा सात जनाको मृत्यु हुनुका साथै २० जना बेपत्ता भएका छन् । मुम्बईबाट २०० किमी टाढा कोंकण क्षेत्रमा तीबरे बाँध भत्किदा सात वटा गाउँमा अचानक बाढी आएको छ । जिल्लाका प्रशासनिक अधिकारीका अनुसार जहाँ बाँध भत्केको छ, त्यसको निकै टाढा सात मानिसको शव बरामद भएको छ ।
बीबीसीको मराठी सेवाका संवाददाताले जनाएअनुसार राहत र बचाउको लागि डिजास्टर रेस्पोन्स फोर्सको टोलीलाई बोलाइएको छ । प्रहरी र भोलन्टियरले पनि उनको मद्यत गरिरहेका छन् । स्थानीय प्रशासनका अनुसार मंगलबार राति ८ः३० बजे बाँध आभरफ्लो भएको थियो । यसको एक घण्टाभित्रै बाँधको एउटा हिस्सा भत्किएको थियो ।
प्रहरी र स्वयंसेवकले उद्धारको पहल गरेका छन् । पछिल्लो चार दिनमा मुम्बईको कोंकण इलाकामा व्यापक वर्षा हुँदै आएको छ । मुम्बईमा जनजीवन अस्तव्यस्त भइरहेको छ । मुम्बईको पूणे तथा कल्याणमा भवन भत्किदा अहिले सम्म २७ जनाको मृत्यु भइसकेको छ ।मुख्यमन्त्री देवेन्द्र फडनवीसले मिडियालाई बताएअनुसार मुम्बईमा मात्रै १२ घण्टामा ४०० मिमी पानी परेको छ । यस्तो वर्षा मुम्बईमा पहिला कहिल्यैपनि भएको थिएन
प्रकाशित मिति: बुधबार, असार १८, २०७६