भारतको बिहारस्थ्ति मुजफ्फरपुर गाउँमा एक ज्वाईँलाई दाइजो मागेर सताएको भन्दै ससुराली पक्षले रुखमा बाँधेर कुटपिट गरेका छन् । मुजफ्फरपुरको सुमेरा गाउँमा यो घटना भएको हो ।
सुमेराका अवधेश कुमारलाई उनको सुसुराली परिवारले गाउँलेको सहयोगमा रुखमा बाँधेर कुटपिट गरेका हुन् । अवधेशले दाइजोको नाममा सधैँ छोरीलाई कुटपिट गर्ने गरेको आरोप उक्त परिवारको छ ।
यसबारेमा थुप्रै पटक गाउँ पञ्चायतमा कुरा उठे पनि ज्वाईँले बानी नसुधारेकोले कुटपिट गरेको ससूराले बताएका छन् । प्रहरीले दुवै पक्षसँग बयान लिएर घटनाको कारबाही अघि बढाइएको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार १८, २०७६