जुम्ला पातारासी गाउँपालिका १ लासीका ३५ वर्षीय मुनबहादुर बुढा डोल्पा र मुगुका विभिन्न पाटनमा यार्सा टिप्न जान थालेको झण्डै एक दशक भयो ।
वर्षभरीको घरखर्च चलाउन , छोराछोरीको पढाई खर्च जुटाउन हरेक वर्ष जोखिम मोल्दै यार्साको संकलनका लागि उनी पाटन जान्थे ।
विगतका वर्षमा कम्तिमा ६०/७० हजार रुपैयाँ कमाउँथे । तर यसपाली भने रित्तो हात घर फर्किएका छन् । उनी लगायत संयौ स्थानीय ।
आजको कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति: बुधबार, असार १८, २०७६