काठमाडौं : झापाको मेचीनगर नगरपालिका १३ स्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ परेका छन् । कवानपुर मनहरी नगरपालिका २ बस्ने ४६ वर्षीय ईन्द्र तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा प्रहरी चौकी चारआलीबाट खटिएको ट्राफिक प्रहरी सहितको टोलीले ना ६ ख ११६८ नम्बरको ट्रकको कागज पत्र जाँच गर्ने क्रममा ट्रकको कागजपत्र नभएको भनी चालक तामाङले प्रहरीलाई उक्त नगद दिन खोजे पश्चात प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार १७, २०७६