काठमाडौं : स्थानीय तहका लागि लोक सेवा आयोगद्वारा प्रकाशित विज्ञापनमा दोब्बर दस्तुर तिरेर आवेदन दिने अन्तिम म्याद नसकिँदै फारम भरिसकेकाहरूको प्रवेशपत्र आउन थालेको छ ।
सामान्यतया दरखास्त फारम भर्ने दोब्बर दस्तुरको अन्तिम मिति सकिएको १५ दिनपछि मात्र प्रवेशपत्र जारी हुने भनिए पनि फारम भर्ने अन्तिम म्याद नसकिँदै प्रवेशपत्र आउन थालेको हो ।स्थानीय तहमा ९ हजार १६१ पदका लागि खुलाइएको आवेदनमा दोब्बर दस्तुर तिरेर आवेदन दिने अन्तिम म्याद आज सम्म छ ।
विज्ञापनविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला सर्वोच्चले सुनाएपछि आयोगलाई परीक्षा सञ्चालनको तयारी गर्न बाटो खुलिसकेको छ । पहिलो चरणको परीक्षा आगामी असार ३ नै तोकिएकाले समय एकदमै कम छ । सबैभन्दा पहिलो दिन प्रशासन, सामान्य प्रशासन र लेखातर्फ अधिकृत तहको पहिलो पत्रको परीक्षा तोकिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०७६