स्पेनले यु–२१ युरो च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा स्पेनले २०१७ को च्याम्पियन जर्मनीको यु–२१ टोलीलाई २–१ ले पराजित गर्दै कीर्तिमानी पाँचौ उपाधि जित्न सफल भएको हो ।
सन् २०१७ मा स्पेन जर्मनीसँग नै पराजित हुँदै उपविजेता भएकाे स्पेनले उक्त हारको बदला लिन सफल भयो ।
प्रतिस्पर्धात्मक बनेको खेलको सातौं मिनेटमा फावियन रुइजले गोल गर्दै स्पेनलाई पहिलो हाफमा १–० को अग्रता दिलाएको थियो ।
६९औं मिनेटमा डानी ओल्मोले गोल गर्दै स्पेनलाई २–० को अग्रता दिलाउदै जिततर्फ डो¥याएका थिए । खेल सकिन १ मिनेट बाँकी रहँदा घरेलु टोलीका लागि नादिम आमिरीले गोल गर्दै खेलमा फर्काउने संकेति दिएपनि जितका लागि पर्याप्त हुन नसक्दा स्पेन २–१ ले विजयी हुन सफल भयो ।
प्रकाशित मिति: सोमबार, असार १६, २०७६