काठमाडौं जिल्ला अदालतले नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधिलाई बकपत्रका लागि साात दिनभित्र अदालत नआए जरिवानासहित पक्राउ पूर्जी जारी गरी उपस्थित गराउन आदेश दिएको छ ।
जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले यसअघि पनि अमेरिकी दूतावासका अनुसन्धान अधिकृत जेम्स गुआन्सीलाई साक्षीका रुपमा अदालतमा आउन आदेश गरेको थियो ।
यसअघि चैत १२ मा दूतावासका प्रतिनिधिलाई बकपत्रका लागि उपस्थित हुन आदेश जारी भएको थियो ।
आदेश अटेर गरी अदालतमा उपस्थित नभएपछि सोही इजलासले अर्काे आदेश गर्दै सात दिनको समय दिएको हो ।
सात दिनभित्र अदालत नआए दुई हजार रुपैयाँ जरिवानासहित पक्राउ पुर्जी जारी गरी उपस्थित गराउन दोस्रो पटक आदेश दिएको हो । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: सोमबार, असार १६, २०७६