आज दिनभर सामान्य बदलि भइ देशका धेरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मध्य र पूर्वका विशेषत: तराई भू-भागका एक दुइ स्थानहरुमा र पश्चिमका बिशेषत पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
साथै आज राती देशभर सामान्य बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, असार १६, २०७६