काठमाडौै: धादिङको गजुरी–५ मा गत शुक्रबार राती पास्नी खाएर सबै जना आ–आफ्नो घर फर्के । उनीहरूको अवस्था शनिबार दिउसोबाट असमान्य भइदिएपछि गाउँभरी स्थानीयहरू आतिए । पास्नीमा जाने सबैमा पेट दुख्ने, वाकवाकी हुने र पखला लाग्ने जस्ता लक्षण देखिन थाले ।
समस्या भएपछि कोही स्थानीय अस्पतालमा उपचार गराए भने स्थानीय स्वास्थ्य चौकीमा उचार हुन नसक्नेजति काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल कलेज एण्ड टिचिङ हस्पिटल उपचार गराइरहेका छन् । अस्पतालका अनुसार आईतबार रातको १२ बजेसम्म बिरामीको संख्या ३२ पुगेका छन् । सबैको उपचार भइरहेका छ भने नयाँ जीवन पाएको बिरामीले बताएका छन् ।
अस्पचतालमा ७ जना बालबालिका, १५ जना महिला र १० जना पुरुष गरी ३२ जनाको उपचार गराइरहेका छन् । सबै बिरामीको सुधार भइरहेकोले चिन्तामुक्त रहेको अस्पतालले जनाएको छ ।
एकै चोटी एकै प्रकारका बिरामी भएपछि अस्पतालले उपचारमा मध्यनजर गरिएको अस्पतालका निर्देशक डा. धर्मकान्त सुवेदीले बताए, ‘कोही पैसा नबोकी आएका छन्, उनीहरूको उपचार रोकेका छैनौ । किनकी पहिलो काम भनेको ज्यान बचाउनुुपर्ने भएकोले पैसा अनिवार्य गरेका छैनौं ।’
निर्देशक सुवेदीका अनुसार अस्पताल नाफामुखी मात्र नभएर सेवामुखी भएकोले सबैको ज्यान बचाउनु पहिलो कर्तव्य हो । सहकारी मोडलमा स्थापना भएको अस्पताल भएकोले निम्न र मध्यम वर्गका जनताहरूको सेवामा सधैं अस्पताल रहेको निर्देशक सुवेदीले बताए । यस पटकको समुहिक उपचारलाई पनि त्यहि रुपले लिएर उपचार गरिरहेको अस्पतालका निर्देशकको भनाई छ ।
प्रकाशित मिति: आइतबार, असार १५, २०७६